पीडितको पहिचान खुलाउने र उल्टै पीडितलाई पीडा दिने १० अनलाइन र १६ वटा युट्युब च्यानलमाथि कारबाही

२ बर्ष अगाडि

काठमाडौँ - प्रेस काउन्सिल नेपालले नाबालिग पीडितको पहिचान खुलाउने र उल्टै पीडितलाई पीडा दिने सामाग्री प्रकाशनरप्रसारण गरेको भन्दै १० अनलाइन र १६ वटा युट्युब च्यानलमाथि कारबाही अगाडि बढाएको छ । १० वटा अनलाइन नेपालभित्र हेर्न नमिल्ने र १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न प्रहरीको साइवर ब्युरोमा लेखी पठाएको छ ।

पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल युट्युब बाट सम्प्रेषण भएका सामग्रीहरूको काउन्सिलबाट स्वअनुगमन भइरहेको बताउँदै काउन्सिलको विज्ञप्तिमा 'अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेब पोर्टल र सामाजिक सञ्जाल (खास गरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा ड्डविचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष(विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको' उल्लेख छ ।

अनुमतिबिना तस्बिरसहित नाम जोडेर सामग्री सम्प्रेषण गरिएको भनी नेपाल प्रेस डटकमविरुद्ध काउन्सिलमा उजुरी दर्ता भएको र सो सम्बन्धमा उक्त अनलाइन मिडियाले उजुरीकर्ताको खण्डनलाई सम्बोधन गरेको देखिएको काउन्सिलले जनाएको छ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले जनाएको छ।

कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको काउन्सिलले जनाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया