रु.२ अर्बको नागरिक बचतपत्रमा आजबाट आवेदन दिन सकिने, कसरी दिने आवेदन र ब्याजदर कति ?

मंगलबार, ०१ चैत्र २०७८, १३ : ५४

काठमाडौं- सरकारको २ अर्ब रुपैयाँको नागरिक बचतपत्रमा आज (चैत १ गते)बाट आवेदन खुला गरिएको छ। 

नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने आज चैत १ गतेदेखि २० गतेसम्म गरिनेछ। 

पाँचवर्षे यो बचतपत्रको साँवा भुक्तानी २०८३ चैत ३० गते गरिनेछ। यो बचतपत्रमा १० प्रतिशत ब्याज(ब्याजकर लाग्ने) पाइनेछ। ब्याजको भुक्तानी ६–६ मा गरिनेछ। 

नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्नुपर्नेछ। 
 

मंगलबार, ०१ चैत्र २०७८, १३ : ५४

प्रतिक्रिया