पत्रकार खगेन्द्र अधिकारी पुरस्कृत

विहीबार, १० चैत्र २०७८, १५ : ३२

काठमाडौं - पत्रकार खगेन्द्र अधिकारीलाई ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पुरस्कृत गरेको छ । 

खोजमुलक तथा समिक्षात्मक पत्रकारितामार्फत स्थानीय सरकारको जवाफदेहिता, जिम्मेवारी र कार्यशैलीबारे आम नागरिकलाइ सुसूचित गराउन भूमिका खेलेको भन्दै पत्रकार अधिकारीलाइ पुरस्कृत गरिएको हो । 

सिरिजङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका अवसरमा अधिकारीलाइ नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको पालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । 

नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले अधिकारीलाइ नगद र प्रमाणपत्र वितरण गरेका हुन् । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहेका अधिकारी विगत दुईदशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । 

साथै उनी ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकाका सम्वाददाता समेत हुन् ।

विहीबार, १० चैत्र २०७८, १५ : ३२

प्रतिक्रिया