विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि १६ अर्ब विनियोजन

२ बर्ष अगाडि

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले  विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि मात्र १६ अर्ब विनियोजन भएको जानकारी दिएका छन् ।   

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले  उक्त जानकारी दिएका हुन् ।  एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन  र  लगेज बेल्टको लागि  बजेट विनियोजन  गरेको बताए । 

उनले  विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिए  । सोहि क्रममा उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया