ताप्लेजुङमा गठबन्धनसँग नेकपा एस रुष्ट, एक्ले चुनाव लड्ने चेतावनी

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङमा गठबन्धनमा आबद्ध अरु दलसँग नेकपा एस रुष्ट भएको छ । उम्मेदवार छनोटमा मनमौजी गरेको भन्दै नेकपा एस रुष्ट भएको हो ।

नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी गर्दै ‘परि आए एक्लै चुनाव लड्ने’ चेतावनीसमेत दिएको छ । गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजुद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लंघन गरी भागबन्डा गरेको भन्दै नेकपा एसले आपत्तिसमेत जनाएको छ ।

विज्ञप्तिमार्फत गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधि कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बाढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया