नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट आङबुहाङले दिइन् राजीनामा

२ बर्ष अगाडि

ताप्लेजुङ –  नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ता आङबुहाङले राजीनामा दिएकी छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उठ्ने भएपछि उनले राजीनामा दिएकी हुन् ।

उनी महिला आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । केन्द्रीय अध्यक्षलाई पेस गरेको पत्रमा शान्ताले प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेकी छन् ।

नेपाल पत्रकार महासंघले गत ८ गते महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया