५ करोडमा ठेक्का लिएको सडक तीन वर्षपछि कालोपत्र

१ बर्ष अगाडि

काठमाडौं - म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । 

मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । 

सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो । 

मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मङ्गलाघाटमा कालोपत्र गरिसकेको र केही दिनमा हाँडेभिरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्र गरिने बाए । 

१ बर्ष अगाडि

प्रतिक्रिया