चीनमा कोरोना लगातार वृद्धि, सार्वजनिक स्थानमा नेगेटिभ रिपोर्ट अनिवार्य

१ बर्ष अगाडि

एजेन्सी - चीनमा कोरोना सङ्क्रमणको मामिला लगातार बढिरहेको छ ।

बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरू लागू गरिएको छ । यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

यी नियमहरू कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा यसअघि पाँच दिन बिदा परेको बेला यी नियम लागू गरिएको हो ।

यसका साथै मे ५ बाट बेइजिङमा सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य रुपमा नेगेटिभ रिपोर्ट आएको प्रमाण देखाउनुपर्नेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया