गोर्खाज फाइनान्सले जेठ २७ डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

मंगलबार, २७ बैशाख २०७९, ११ : १९

काठमाडौं-गोर्खाज फाइनान्स लिमिटेडले जेठ २७ गते आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बानेश्वरस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १२ गते १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा बस्न योग्य हुनेछन्। 

 

मंगलबार, २७ बैशाख २०७९, ११ : १९

प्रतिक्रिया