काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित भूमिस्थलीमा मेलम्ची खानेपानी आयोजनाका लागि दोस्रो चरणको पाइप बिच्छ्याउँदै । मेलम्ची खानेपानी आयोजनाले अधिग्रहण गरेको जग्गामा पाइप बिच्छ्याएर पानी पोखरी भएको स्थानसम्म ल्याउन लागिएको हो । यसअघि बिच्छ्याएको पाइपबाट हाल पानी वितरण भइरहेको छ । मेलम्ची खोलापछि पानी ल्याइने भनिएको याङ्री र लार्केको तयारीका लागि थप पाइप बिच्छ्याउन लागिएको हो । तस्बिर : रासस
प्रतिक्रिया