आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने भयाे

आइतबार, २० माघ २०७५, ०७ : १०

सिरहा–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् । सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताए । 

देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने आर्थिक वर्षमा सरकारले  अवश्य बढाउनेछ ।’

प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताए । मधेसका विषयमा चलाइएका अतिरञ्चित हल्लाको जवाफ काम गरेर दिने प्रधानमन्त्रीले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

आइतबार, २० माघ २०७५, ०७ : १०

प्रतिक्रिया