काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् ।
उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् ।
अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन । कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया