काठमाडौँ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ ।
डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने भएको हो ।
कांग्रेसले डा केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले पटक-पटक संसद बैठक अवरोध गर्दै आएको थियो ।
आज आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आज ३ बजे बस्ने भनिएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया