सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशिल भट्ट

१ बर्ष अगाडि

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचनाप्र विधि उद्योगका लागि वातावरण बनाउन नीतिगत पैरवी गरिदिने बताएका छन् । आइसीटी फाउण्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै भट्टले लगानी बोर्ड शक्तिशाली संस्था भएको आधारमा पैरवी गरिदिने बताएका हुन् । 

आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष वैदेशिक लगानीको न्युनतम क्यापलाई ५ करोडबाट घटाएको सन्दर्भ जोड्दै लगानीको क्षेत्रमा पनि सरकारको नीति सही दिशातिर अगाडि बढिरहेको उनले बताए । 
यसैगरी सूचना प्रविधि क्षेत्रका लागि प्रतिकूल वातावरण र नीतिलाई सुधार गर्न आफ्नो संस्थाले पैरवी गरिदिने उनले बताए ।

‘लगानी बोर्ड शक्तिशाली एजेन्सी हो । तपाईहरू छलफल गर्नुस्, अन्तर्क्रिया गर्नुस् । यो दुई दिने कन्क्लेभको उदेश्य पनि यही हो नी ?,’ उनले भने, ‘सूचना मन्त्रालयले गरेन या उद्योग विभागले गरेन या विज्ञान मन्त्रालयले गरिदिएन् । कसैले नगेर हामी गरिदिन्छौं । तर हामीलाई कन्भेन्स चाँही गर्नुहोस् । पर्याप्त छलफल, अध्ययन गर्नुहोस् ।’

प्रोजेक्ट आईडिया नोटको टेम्लेट आफुहरूले दिन सक्ने उनले बताए । सूचना प्रविधि क्षेत्रमा राम्रो अवसर भएकाले विदेशी तथा स्वदेशी लगानीकर्ता भित्र्याउन पहलकदमी भइरहेको बताएका छन् । 
‘नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउनको लागि हामीले पहलकदमी गरिरहेका छौं,’ उनले भने ‘अबको भविष्य नै आइटी क्षेत्र भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बेला भइसकेको छ ।’ 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट सूचना प्रविधिको मात्रै विकास नगरेर अन्य पूर्वाधार पनि सँगसँगै अघि बढाउनुपर्ने बताए । उनले नेपालमा ठूला सूचना प्रविधिमा लगानी ल्याउनका लगानी बोर्डले सहयोग, सहजीकरण, समन्वय र सहकार्य गर्ने बताए ।

सूचना प्रविधि बारे अझै बुझ्न डिजिटल नेपाल कन्क्लेभमा सहभागी भएको उनले बताए । आईटीलाई उद्योगको रूपमा घोषित गर्नुपर्ने उनको भनाइ छ । 

‘विश्व बैंकले शुक्रबार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सहयोग गर्ने समाचार आएको छ । यसले ब्रोडब्याण्डको पहुँच गाउँगाउँमा पुर्‍याउँछ,’ उनले भने । एकद्वार प्रणाली वेबमा आधारित हुनुपर्ने उनले बताए । सरकारमा केही भएन भन्ने नभन्न समेत उनले आग्रह गरे । 

‘सरकारले राष्ट्रिय परियोजना बैंक बनाएको छ । बनाएको मात्र छैन् । प्रयोगमा पनि आइसकेको छ । निजी क्षेत्रका लागि पनि सिस्टम बनाइएको छ,’ भट्ट भन्छन् । परियोजना लिएर बोर्डमा छलफल गर्न समेत आउन समेत उनले निम्तो दिए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया