साउन १ गतेदेखि  काठमाडौं महानगरमा फोहोरको वर्गीकरण, कुहिने र नकुहिने एकैठाउँमा मिसाए  ५०० जरिवाना

१ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ।

काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर ९स्रोत०मै छुट्याउन आग्रह गरेको हो । फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि महानगरले जनाएको छ । 

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने महानगरले जनाएको छ । 

कुहिने र नकुहिने फोहोर एकैठाउँमा राखेमा प्रत्येक पटक ५०० रुपैयाँका दरले जरिवाना हुने सूचनामा उल्लेख छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया