भारतीय दूतावासको दुई करोड १९ लाख ५६ हजारको सहयोगमा विद्यालय निर्माण

१ बर्ष अगाडि

काठमाडौं - भारतीय दूतावासको सहयोगमा तनहुँको घिरिङ गाउँपालिकामा एक विद्यालय भवन निर्माण गरिएको छ । घिरिङ गाउँपालिका–१ बैडीस्थित दीपक माध्यमिक विद्यालयमा दूतावासको सहयोगमा भवन निर्माण गरिएको हो । 

भारतीय दूतावासको रु दुई करोड १९ लाख ५६ हजारको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । उक्त भवनको आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय दूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्तरुपमा उद्घाटन गरे । 

भारतीय दूतावासका प्रथम सचिव डा कुमारले नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा भारत सरकार सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताए । नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारीले बताए । 

१ बर्ष अगाडि

प्रतिक्रिया