कांग्रेस नेता खुमबहादुर खड्काको निधन

६ बर्ष अगाडि

काठमाडौं– पूर्वगृहमंत्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ । 
दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।  

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शाहले पनि ट्वीटरमा भनेका छन्, ‘ भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ  | उहाँको आत्माले शान्ति प्राप्त गरोस् ,
कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
 ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि    एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि  एपोलो लागिएको थियो । 
उनको   त्यहाँ आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन  । 

६ बर्ष अगाडि

प्रतिक्रिया