भ्लगिङबाट जन्मभूमि चिनाउँदै एमआरबि

१ बर्ष अगाडि

कुनै मान्छे आफ्नो गाउँ-ठाउँले गर्दा चिन्निछ त कुनै ठाउँ त्यहाँका मान्छेको कामले गर्दा चिन्निछ । आफू जन्मेको ठाउँ चर्चित होस् या नहोस् तर त्यसलाई सबैसामु चिनाउन पाउँ भन्ने इच्छा हरकोही मान्छेमा हुन्छ । अनि त मान्छेलाई सबैभन्दा धेरै प्रेम आफ्नै जन्मभूमिसँग हुन्छ । 

यही जन्मभूमिको प्रेमले गर्दा म्याग्दीका एक युवक म्याग्दी चिनाउन भ्लगको सहारामा अघि बढे । उनी हुन् म्याग्दीका विविध जङ्ग थापा (एमआरबि) ।

म्याग्दी जस्तो विकट ठाउँमा जन्मिएका अलि चञ्चले स्वभावका विविध सानैदेखि पढाईमा भन्दा पनि प्राकृतिक सौन्दर्यमा रमाउन मन पराउँथेँ । पढाईमा त्यत्ति रुचि नराख्ने उनले जुन ४, २०१५ मा युट्युब मार्फत बाइक राइडिङको ३ मिनेटको भिडियो राख्दै आफ्नो भ्लगिङ यात्रा सुरु गरे । 

सानै उमेरमा रमाइलोका लागि युट्युबमा भिडियो राखेका उनको पछि गएर भ्लगिङ नै प्यासन  बन्यो।  उनी अहिले आफ्नो वास्तविक नाम भन्दा पनि एमआरबिको नामले चर्चामा छन् । कमै मान्छेले विविधलाई उनको वास्तविक नामले चिनेको पाइन्छ । विविध मोट भ्लग बनाएर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । 

विशेषत : युवा पुस्तामा उनको एक छुट्टै पहिचान रहेको छ । एमआरबि नामक युट्युब च्यानलबाट हालसम्म ३ सय ४५ वाट भिडियो राखिसकेका उनको च्यानलमा ८ लाख ८७ हजार सस्क्राइबर रहेका छन् ।

एमआरबि मात्र नभएर उनको अर्का छुट्टै विविध जङ्ग थापा नामको युट्युब च्यानल पनि रहेको छ । त्यसमा पनि उनको झन्डै डेढ लाख सस्क्राइबर रहेका छन् ।

म्याग्दी जस्तो विकट ठाउँमा जन्मिएका उनी आफू जन्मिएको गाउँ ठाउँलाई देश विदेशमा चिनाउन चाहन्थे । आफ्नो सपनाको कामलाई डकुमेन्ट गर्ने सोच उनको सानैदेखि थियो । त्यही सपनालाई बोकेर उनले युट्युबमा भिडियो राखेर आफ्नो सपनाको पहिलो खुड्किलो उक्लिए ।

एउटा भनाई छ नि ! “बन्द आखाँले देखेका भन्दा खुल्ला आँखाले देख्ने सपना कयौँ गुणा प्यारा र मूर्त हुन्छन् ।” हो, तिनै कयौँ सपनाका साना-साना खुड्किलाहरु पार गर्दै आज उनी हजारौँ मान्छेको मन मुटुमा बस्न सफल भएका छन् । 

जुनसुकै काम पनि लगावका साथ गर्नुपर्ने अनि मात्र मज्जा आउने उनको ठम्याइ छ । उनी भन्छन्, ''सपना थियो मनको काम गरूँ, भ्लगिङबाट विस्तारै पहिचान बनाउँदै गए सबैको माया मिल्दै गयो । म्याग्दीका चर्चामा नआएका कयौँ सुन्दर ठाउँमा गएर भिडियो बनाएर अपलोड गर्दै जाँदा दर्शकहरुले आहा ! भनेर दिएको प्रक्रिया र मायाले मैले ठाउँ नै तोकेर त्यो विशेषको भ्लगिङ गर्दा झन राम्रो हुने सोचेर यता केन्द्रित भए ।"

आफू विकट ठाउँमा जन्मिए पनि परिवार र साथी भाईको राम्रै साथ सहयोग रहेको विविध बताउँछन् । अनुहारमा मिठो मुस्कान ल्याउदै उनी अघि भन्दै जान्छन्, "आमा बुबा न हुन्, आफ्नो छोराको भविष्यको चिन्ता नहुने कुरौ भएन् । सानै थिए परिवारलाई पैसा भन्दा पनि मेरो करियरको चिन्ता थियो समयसंगै मलाई दुवैले साथ दिएको छ । बाध्यताले बेमेल दिन्छ भने स्वीकार्यता सँगै बुबा आमाले मेरो प्यासनलाई साथ दिनुभएकाले हामी सबै खुसी छौं ।"

उनी भन्छन्, "दुःखमा आत्तिने र सुखमा मात्तिने गर्नु हुदैँन् । मलाई यो यात्रामा म्याग्दीका हरेक दाजुभाइ, दिदीबहिनी, बुबा आमाले साथ दिनु भएको छ । अपार साथ छ मनमा लागेको काम निरन्तर गर्यो भने विकट किन न होस् कुनै बाधा नहुने रहेछ । "

विविधले युट्युबमा भ्लगको मार्फत कयौ छायाँमा परेका हाम्रो देशका ठाउँहरुका बारेमा जानकारी दिइरहेका हुन्छन् । उनले भ्लग मार्फत नेपालका कयौँ सुन्दर ठाउँलाई हाइलाइट गरेका छन् । जसले गर्दा पर्यटन क्षेत्रमा पनि उत्तिकै सहयोग पुगेको छ । साथै युवा वर्गलाई प्रेरणा पनि मिलेको छ ।  उनी चर्चित भए पनि उनले आफ्नो धरातल बिर्सिएका छैनन् । उनको आफ्नै ठाउ गाउँको भाषामा बोल्ने विशेषता साथै साना साना बच्चाहरुसंगको संवादलाई दर्शनले अझ मन पराउने गर्दछन् । 

उनी भन्छन्, "म त्यही हु जो सुरुमा थिए फरक यति हो आज मैले लाखौँको विश्वास मनमा बोकेर हिडेँको छु अनि त्यो नटुटोस भनेर गम्भीर हुन्छु । उनी अघि थप्छन्, भनिन्छ लामो यात्रामा हिड्दा सम्भावना धेरै हुन्छ । मलाई आज जे दियो यहि कामले ! त्यसैले मेरो यो मुल मार्ग हो यसैमा रहेर धेरै काम गर्छु । समयको माग बमोजिम आफ्नो यात्रा र कामलाई निरन्तर अघि बढाइरहन्छु ।"

सघर्षका कथा सबैलाई उत्तिकै प्यारा हुन्छन् । मेहेनत र संघर्ष बिना कुनै मान्छेले आफ्नो सपना पछ्याउन पक्कै पनि सक्दैन् । सुरुवाति दिनहरुलाई सम्झिदै उनी भन्छन्, "विशेषत दुर्गम भेगमा बाइक साथै क्यामेरा लिएर हिड्न सजिलो थिएन् । त्यसमाथि नयाँ नयाँ कन्टेन्टको बारेमा सोच्नु उत्तिकै गाह्रो पथ्र्यो । तर, बीचमा मलाई साथ दिन अहमद दुल्ला आउनुभयो उहाँले मैले भन्दा फरक कन्टेन्ट बनाउन सधैँ सहयोग र हौसला दिनुभयो । मैले अहो ! अब त गाह्रो भयो सक्दिैन भन्दा पनि उहाँले मलाई सधैँ हौसला दिदैँ जानु भयो । उहाँले अब तिमीले तिम्रो लागि भन्दा पनि दर्शकको लागि काम गर्नुपर्छ भन्दै मलाई सधैँ काम प्रति प्रेरित गर्नुभयो । आफुले गरेको कामले चर्चा बटुलोस यो धेरैले खोज्ने र हेर्न बनोस् भन्ने चाहना सबैको हुन्छ । तर, सही कामले भएको एक किलिक नै सफलताको आधार हुनेहुदाँ पहिलो चुनौति सबैले खोज्ने र माया गर्ने कन्टेन्ट बनाउनु हो । "

नेपालको वर्तमान सन्दर्भमा मोटो भ्लगरको नाम लिदाँ एमआरबिको नाम अग्ररस्थानमा नै आउने गर्छ । उनी भन्छन्, "सबैको मायाले त म एमआरबि बने सबै कुरालाई व्यवस्थापन गर्नुपर्छ, । दर्शकको माया बिना म कोही होइन म विविध त थिए नै तर, मलाई एमआरबि बनाउने उहाँहरुको माया र साथ हो । दर्शकले यत्ति धेरै माया गरिदिनु भयो त्यसको लागि ‘धन्यवााद’ भन्न चाहन्छु ।’ अगाडि थप्दै उनी भन्छन्, मेरो नजरमा मनबाट काम गर्ने सबै जना अग्रज व्यक्तिहरु हो फरक यही हो ! नम्बर कसैको लामो अंकको हुन्छ कसैको छोटो त्यो मुख्य कुरा होइन् ।" 

विविध यस क्षेत्रमा (भ्लगिङ) मा लागेका र लाग्न चाहने नयाँ पुस्तालाई पनि साथ र सहयोग गर्न आफु तयार रहेको बताउँछन् । कुराकानीकै क्रममा विविध दुखी हुदैँ पछिल्लो समय भ्लगिङमा लागेको कयौँ युवाको दुर्घटनामा मृत्यु भएको सुन्दा दुख लागेको पनि बताउँछन् । 

उनी भन्छन्, 'एकदमै रफ राइड गर्नुहुदैँन् । आफ्नो आफ्नो ट्रयाक बनाउनुपर्छ ।‘ उनले सबैलाई अनुरोध गर्दै तिब्र गतिमा कुदाएर होइन राम्रो कन्टेन्ट लिएर राम्रो काम गरौँ । "जब जीवन नै रहदैन भने त्यो बाँकी कुराको के अर्थ ?" सम्झौ परिवारले बोकेको सपना अनि हामी माथि गरेको विश्वास !

१ बर्ष अगाडि

प्रतिक्रिया