एनसेलले ७५ अर्ब कर तिर्नुपर्ने, समितिले को को माथी गर्देछ छानविन ?

सोमबार, २८ माघ २०७५, १६ : ०७

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ७५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व तिर्न बाँकी रहेको  छ । 

एनसेलले  पुँजीगत लाभकर, आयकर र मुल्य अभिवृद्धि कर बापत ७५ अर्ब रुपैयाँ भन्दा बढी रकम असुल हुन बाँकी रहेको अर्थमन्त्रालयले  जनाएको छ । 
आइतबार बसेको अर्थसमितिको बैठकले सर्बोच्च अदालतको फैसलाअनुसार एनसेलसँगको कर तुरुन्त असुल गर्न मन्त्रिपरिषद् र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै, समितिले कर छलि हुने गरी एनसेलको सेयर स्वामित्व हस्तान्तरणमा सहयोगी भूमिका खेलेका सरकारी अधिकारीहरु र एक्जियटालाई करिव ५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही सुविधा दिने अधिकारीहरुमाथि छानविन थालेको छ ।त्यस्तै, अन्य ९ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँग २ अर्ब ९६ करोड रुपैयाँ राजश्व असुल हुन बाँकी रहेको अर्थमन्त्रालयले जनाएको छ ।

 

सोमबार, २८ माघ २०७५, १६ : ०७

प्रतिक्रिया