तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को माग

सोमबार, २८ माघ २०७५, १७ : ३९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा बसेको दुवै संगठनको संयुक्त बैठकले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न गरेको ढिलाइ गरेको भन्दै शीघ्र कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो।

साथौ त्रिभुवन विश्वविधालयले फागुन १४ गते निर्वाचनको मिति तय गरेपनि विश्वविधालय प्रशासनले निर्वाचन कार्यतालिकामा ढिलाई गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

साथै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिवि र अन्य अवधि पुगेका विश्वविधालयहरुलाई अविलम्ब निर्वाचनको कार्यतालिका प्रकाशित गर्न जोडदार माग गरेको छ । 

बैठकले प्रधानमन्त्री स्वरोजगार कोषमा सहभागी हुन युवा विद्यार्थीलाई अपिल गरेको छ भने जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ।

सोमबार, २८ माघ २०७५, १७ : ३९

प्रतिक्रिया