खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदै, यस्तो छ अन्तिम संस्कारको तालिका

६ बर्ष अगाडि

काठमाडौं– शुक्रबार उपचारको क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा  निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार साँझ स्वदेश ल्याइने भएको छ । 

काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी खड्काको पार्थिव शरिर आज साँझ भारतको दिल्लीबाट काठमाण्डौमा ल्याइने जानकारी दिए । 
उनको पार्थिव शरीर नेपाल ल्याइएसँगै  अन्तिम श्रध्दाञ्जलीका लागि  सानेपास्थित निवासमा राखिनेछ भने आइतबार  विहान ८ बजे देखि २ बजे सम्म पार्टी कार्यालयमा राखिनेछ । 
 त्यस उनको पार्थिव शरीर अन्तिम संस्कारलागि पशुपति आर्यघाट लगिनेछ ।

१,नेता खुमबहादुर खड्काको शव आज राती ९.०० बजेको फ्लाईटमा दिल्लीबाट काठमाडौ l
२,भोलि बिहान ९.०० बाट १.०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय l
३,भोलि ११.०० बजे केन्द्रीय समितिको बैठक
शोक प्रस्ताव केन्द्रित रहने l
४,अन्तिम संस्कार अपरान्ह ३ बजे !!

६ बर्ष अगाडि

प्रतिक्रिया