आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार

मंगलबार, २९ माघ २०७५, १५ : ३२

काठमाडौं – भारतस्थित उत्तर प्रदेश राज्यको आग्रा कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ ।

सिन्धुपाल्चोक र नुवाकोटका दलालहरुमार्पत बिक्री भएका सिता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन)को महिलाहरुलाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठीबाट उद्धार गरिएको थियो । कानुनी प्रक्रिया पुरा नभएको हुँदा विगत १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए ।


भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डि.एन.ए. परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काउन सफल भएको छ ।


उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने समाजसेवी बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

मंगलबार, २९ माघ २०७५, १५ : ३२

प्रतिक्रिया