सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

१ बर्ष अगाडि

इलाम । विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छ । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षण देखि पोखरी सौन्दर्यकरण सम्म रहेका छन् । 

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्याेदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमुना बनाउने बताए । इलाम हिरा हो तर कुद्न बाँकी छ भन्दै खनालले भने, ‘रिङ रोडको विकास, शन्दुकपुरको थप विकास, श्री अन्तु डाँडाको सुन्दरतमा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तराष्ट्रियकरण गरिने छ । व्यापार, बिजनेस थप बढ्ने छ ।’
इलामले कला, साहित्य र संगीतमा समेत अनेकन प्रतिभा जन्माएको बताउदै इलामलाई देशकै सुन्दर जिल्ला बनाउन लागिपर्ने धारणा पूर्व प्रधानमन्त्री खनालले राखेका थिए । 

शिलान्यासकै क्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले झलनाथ खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन सहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । पहिलो पटक इलाम आएको बताउदै मन्त्री चाधरीले सुनाए, ‘यहाँका जनताले चाहे जस्तो विकसित सहर बनाउन पहल हुनेछ । सुन्दर चिया बगान देख्दा निकै आनन्द लागेको छ । इलामको विकासमा पैसाको कमि हुनेछैन ।’  

मुलुकमा नयाँ संस्कार बसाल्न जरुरी छ भन्दै मन्त्री चौधरीले भने, ‘विकासमा सबैले हातेमालो गर्न जरुरी छ । एक्लैले केही गर्न सकिदैन तर मिल्यौँ भने गर्न नसकिने भन्ने केही नै हुँदैन । समावेशी संविधान, महिला, दलित, सिमान्तकृतका पक्षमा उभिएको संघीय गणतन्त्र सहितको संविधान मास्ने षड्यन्त्र भएकाले सबै मिलेर एमालेलाई परास्त गर्न जरुरी छ ।’ 

सूर्याेदय नगरपालिकाका मेयर रनबहादुर राईले इलामको विकासका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सहरी मन्त्री चौधरीले गरेको प्रयासको प्रशंसा गरेका थिए । 

शहरी विकास मन्त्रालयका उपमहानिर्देशक नारायण भण्डारीले एकीकृत सहरी विकास र्काक्रममले इलामका जनतालाई थप उन्नत बनाउने धारणा राखेका थिए । त्यसैगरि सघन सहरी तथा भवन निर्माण विभाग झापाका आयोजना प्रमुख सुदिप पौडेल शहरीकरण सँगै आयआर्जनमा पनि सुधार हुनुका साथै सबै आयोजना समयमै सकिने बताए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया