आजबाट सनराइज म्युचुअल फण्डले इकाईधनीको खातामा लाभांश पठाउन थाल्यो

१ बर्ष अगाडि

काठमाडौं - सनराइज म्युचुअल फण्डले इकाईधनीको खातामा लाभांश पठाउन थालेको छ । 

फण्डले गत वर्षको कमाइबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो ।

म्युचुअल फण्डले इकाईधनीहरुलाई कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने छ । 

इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउ छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया