विदेशबाट फर्किने नेपालीको पक्षमा नेविसंघले बुझायो ज्ञापनपत्र

मंगलबार, २९ माघ २०७५, २१ : २१

काठमाडौं–वैदेशिक रोजगारीबाट स्वदेश फकिँदा ल्याउने विभिन्न घरायसी सामग्रीहरुलाई विमानस्थलबाट सहज रुपमा पास हुन पाउनुपर्ने माग राख्दै नेपाल विद्याथी संघ झापाले प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय झापा मार्फत आज ज्ञापनपत्र बुझाएको छ । 

देशको आर्थिक मेरुदण्डका रुपमा रहेका कामदार वैदेशिक रोजगारीबाट स्वदेश फर्किदा ल्याएका घरायसी सामग्रीहरु माथी त्रिभुवन विमान स्थलमा ती सामान माथी बन्देज लगाउनु अमानवीय व्यवहार भएको भन्दै ज्ञापन पत्र बुझाइएको नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताएका छन् ।

विभिन्न समयमा देश विकासका लागि आर्थिक सहयोग गर्ने तथा अन्य विभिन्न सेवाका लागि हरदम तयार  रहने वैदेशिक रोजगारमा गएका युवाहरुले सहज रुपमा आफ्नो पारिवारिक सामान ल्याउन पाउनुपर्ने कुरा लेखिएको ज्ञापन पत्र बुझाइएके नेवि संघ झापा जिल्ला सदस्य गोकुल पौडेलले बताए ।

मंगलबार, २९ माघ २०७५, २१ : २१

प्रतिक्रिया