वाणिज्य बैंकहरुले बढाएनन् ब्याजदर, कति छ ?

१ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुले कात्तिक महिनामा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् ।

अधिकांश बैंकहरुको अधिकतम ब्याजदर १२.१३ प्रतिशत रहेको छ । बैंकहरुले गत महिना ब्याजदर वृद्धि गरी व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिँदै आएका थिए । यद्यपि, रेमिट्यान्स मुद्दति खातामा भने १४–१५ प्रतिशतभन्दा बढीसम्म ब्याजदर दिइएको छ ।

हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धि निर्णय गर्दै आएका बैंकहरुले, यस महिना भने बैठक नबसी अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए। सोही अनुसार बैंकहरुले ब्याजदर स्थिर राखेको देखिन्छ । 

ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन् ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया