राष्ट्रिय विज्ञापन संघ दर्ता, विज्ञापन एजेन्सीलाई सदस्य बन्न आव्हान

१ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को सदस्य बन्न चाहने विज्ञापन एजेन्सीलाई सदस्य बन्न आव्हान गरेको छ । मेरो मात्र नभई हामी र हाम्रो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै संघले सदस्य बन्न आव्हान गरेको हो । नानले आज एक पत्रकार सम्मेलन गर्दै सो कुरा जनाएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असोज २८ गते दर्ता भएको राष्ट्रिय विज्ञापन संघ नेपाल अब आनको विकल्पमा विज्ञापन व्यवसायीहरूको साझा संस्थाका रूपमा आएको छ ।

नवगठित राष्ट्रिय विज्ञापन संघ नेपालको अध्यक्षमा धमेन्द्रकाजी श्रेष्ठ छन् भने प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्ष कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् ।

समितिको सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् । आनले विज्ञापन व्यवसायीहरूको हितमा काम गर्न नसकेको र नेतृत्व स्वार्थ केन्द्रित भएकाले व्यवसायीको हकहितका लागि अर्को संस्था दर्ता गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले भने–हामी विज्ञापन व्यवसायी साथीहरूको हकहितको लागि संगठित भएका हौं । नेपाल विज्ञापन संघले विज्ञापन एजेन्सीको समस्या बुझ्न सकेन । विज्ञापन बोर्डले गरेको आचारसंहितामा विज्ञापन एजेन्सीलाई साँघुरो पार्ने कुरामा संघले लड्न सकेन । गोरखापत्र संस्थानले १५ प्रतिशत एजेन्सी छुट छुट बिलमा उपलब्ध नगराउने भन्दा पनि संस्थाले सकेन ।

विश्वकप फुटबल देखाउने सन्दर्भमा पनि आनका अध्यक्ष सोम धितालको एजेन्सी मिडिया हबले सिन्डिकेट चलाएर उपभोक्तामाथि लुट मच्चाउन लागेको आरोप लागिरहेका बेला आन विभाजित भएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया