बागलुङमा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

मंगलबार, ०७ फागुन २०७५, २१ : २९

बागलुङ– बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 
 जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । 

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए । 

सडकदेखि करीब ७०० मिटर तल जीप खरेको बताइएको छ। 
 
 

मंगलबार, ०७ फागुन २०७५, २१ : २९

प्रतिक्रिया