बुटवल – ६९ औं प्रजातन्त्र दिवस मनाई रहँदा गुल्मीका पुराना राजनैतिककर्मीहरुको लेखाजोखा नै छैन । सिडियो , एलडियोहरुको तथ्याङक भित्तामा अहिले पनि पढन पाईन्छ । तर आज सम्मको परिवर्तन ल्याउन आन्दोलनमा होमिएका कुनै नेता र जनप्रतिनिधीहरु गुमराहमा परेका छन ।
यस्तो अवस्थामा हामीले गुल्मीका दुई ठुला पार्टीका पुराना नेता मध्येका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाट कमलराज श्रेष्ठ र नेपाली कांग्रेसबाट पुर्व पाटी सभापति सुरेशचन्द्र भुसाल संग सोधेका थियौं ।
सुरेश भुसालः नेपाली कांग्रेस
मेरो घर हालको मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईको अरेवामा हो । म गाउँमा सानै छँदा बुढापाकाहरु संग गुल्मीमा नेपाली कांग्रेसको गतिविधी बिक्रम सम्वत १९९६ बाटै सुरु भएको भन्ने सुनेको हुँ । तथापी २०१५ साल देखि पार्टी पद्धती सुरु भएको थियो । म २०२७ साल देखि गाउँको स्कुलमा पढदा खेरी नेवि संघमा आबद्ध भएको हुँ ।
पार्टी सदस्यता २०३१ सालमा लिएर त्यहाँ देखि निरन्तर अहिले सम्म पार्टी काममा सक्रिय छु । म सम्पन्न परिवारको छोरा थिएँ । प्रशस्त सम्पत्ती थियो । अहिले प्रजातन्त्र आएको पनि ६९ बर्ष भई सकेछ । संयोग मेरो उमेर पनि ठ्याक्कै ६९ बर्ष मयो । यहि प्रजातन्त्रका लाडि लड्दै आएको मेरो अहिले सम्पत्ती सकिदै छ र उपभोग गर्न पाउने अवस्था पनि छैन ।
२०३६ सालको जनमत संग्रहको आन्दोलनमा म साविक बडागाउँ , मुसिकोट , पौदीअमराई र पारी बाग्ल्ुङ्गको ग्वालीचौर सहित ८ वटा गाउँपञ्चायत सम्मको नेतृत्व गरेर सक्रिय भएको थिएँ । २०३८ सालको चुनाव बहिस्कारको आन्दोलनमा पनि सक्रिय भईयो । त्यति बेला अर्घाखाँची पनि गुल्मी नै थियो । जिल्ला पार्टीमा पहिलो पार्टी सभापति काँशी नाथ गौतम , दोश्रो निलम्वर पन्थी हुनुहुन्थ्यो । त्यस पछि भार्सेका पदमलाल पुन, उहाँ सगै पदमपाण्ी पन्थी हुनुहुन्थ्यो । पन्थी परिवारमा उहाँ नै सबै भन्दा पहिलो र खम्वा नेता हो ।
मलाई विद्यार्थी ताका प्रशिक्षण दिन आउँदा जिल्ला नेताका रुपमा तम्घासकी ईश्वरा देखि थापा पनि आउनु भएको थियो । म भन्दा पुराना मेरै गाउँ अरेवाका वालनन्द घिमिरे हुनुहुन्थ्यो । पहिलो पुस्ताका सबै सभापतिको कार्यकाल त म बुझ्न पाएको छैन । तर मैले जाने बुझेका जिल्ला नेताहरु अहिले दाङ्गमा बसाई सराई गर्नु भएको उहाँ त्यति बेलाका सक्रिय जिल्ला नेता हुनुहुन्थ्यो ।
श्रृंगाका यज्ञमुर्ती कँडेल, मरभु्ङ्गका डिल्लीराम अर्याल, खज्र्याङ्गका भागवत ज्ञवाली, रवि ज्ञवाली, शम्शेरबहादुर खत्री, कवि दलबहादुर महत , भार्सेका पदमलाल पुन, नया्रँगाउँका , जयप्रताव मल्ल, रुपाकोटका प्रेमराज भण्डारी , पिताम्वर भण्डारी, अर्खलेका पदमपाणी पन्थी, रामनाथ आचार्य , विश्वनाथ आचार्य, श्रृङ्गाका हरि कँडेल, यज्ञमु्र्ती कँडेल, लोकनाथ कँडेल अरेवा कै टोपबहादुर रायमाझी , जनार्दन आचार्य , बालकृष्ण आर्याल , जितबहादुर बोहरा , झकबहादुर पुन लगायत पहिलो पुस्ताका त्यस्ता तमाम जिल्ला नेताहरुको हुनुहुन्थ्यो । सबैको नाम मैले हेक्का राख्न सकिन । ती सबै गुल्मी कांग्रेसका खम्वा नेता हुनुहुन्थ्यो ।
दोश्रो पु्स्ताका पार्टी सभापति मध्ये पहिलो भागवत ज्ञवाली हुनुहुन्थ्यो । दोश्रो रुद्रमणी शर्मा भण्डारी । तेश्रो त्रैलोक्यप्रता सेन , त्यस पछि म आफै । म पछि चन्द्र केसी र अहिले भुवनप्रसाद श्रेष्ठ हुनुहुन्छ । प्रजातन्त्रका लागि यति लड्यौं । जनताले खान , लगाउन, शिक्षा स्वास्थ्य सबै सुविधा पाउन पर्छ भन्दै लडेका हाम्रो राज्य र पार्टी कतैबाट मुल्याङन हुन सकेन ।
हाम्रो तथ्याङक समेत कतै छैन । म तपाई मार्फत निवेदन गर्दछु कि न कांग्रेसको सरकारले ग¥यो । न अहिलेको कम्युनिष्टको सरकारले वास्ता गरेको छ जुन सुकै पार्टीका पुराना कार्यकर्ताको संरक्षण हुनु प¥यो । हामी जस्ता थुप्रै कार्यकर्ता विरामी हुँदा उपचार पाउने अवस्था समेत छैन ।
कमलराज श्रेृष्ठ : (नेकपा)
मेरो घर साविकको थानापति गाविास थोर्गा हो । म बुझेर कम्युनिष्टमा लागेको होईन । उति बेला गाउँमा स्कुल नभएर वानारसमा वढ्न गएको बेला पुष्पलालहरुले सदस्यता दिनु भएको हो । त्यति बेलाको गुल्मी अर्घाखाँचीको नेथा पराल्मीका चिन्तामणी पोखरेल हुनुहुन्थ्यो । पछि उहाँका भाई केशरमणि पाखेरल हुनु भयो । उहाँ लामो समय सम्म नेता रहनु भयो । २०३० को दशक सम्म उहाँ लुम्विनी अञ्चल कै नेता रहनु भएको थियो ।
उहाँहरु संगै पहिलो पुस्ताका नेताहरु वम्घाका शिद्धिनाथ ज्ञवाली , थानापतिका हरेवाका जिवराज आश्रित , एकदेव ज्ञवाली, भड्कुवाका युवाराज ज्ञवाली , जो अहिले दाङ्गबाट पनि केन्द्रिय तह सम्म पुग्नु भएको छ । पहिलो पुस्ताका अरु सबै नेताहरुको नाम लिन भने रेकर्ड नहेरी भन्न सक्दिँन ।
गुल्मीमा कम्युनिष्ट विचारधारको वहस ल्याउने पहिलो ब्यक्ति भने बलेटक्सार चौताराका प्रयागलाल श्रेष्ठ हुनुहुन्थ्यो । तर उहाँ कहिल्लै कम्युनिष्ट भने हुनु भएन । दोश्रो पुस्ताका नेता रुपमा र उमेरका हिसावले पनि म आफु, निलकण्ठ गौतम , वस्तुका स्वर्गिय टोमलाल पाण्डे., हाल खैरेनी बस्ने वम्घा कै पुर्णबहादुर राना, खडगकोटका रामनाथ ढकाल, टिकाराम ढकाल, नयाँगाउँ वोमबहादुर खड्का , जैसीथोकका टंक पोखरेल, दिगामका स्वर्गिय कोशल पोखरेल, वामीका खड्ग केसी लगायत हुनुहुन्छ ।
सबैको नाम अहिले स्मरण गर्न सकिन । दोश्रो पुस्ताका रुपमा गुल्मीबाट केन्द्रिय राजनीतिको हस्तीका रुपमा प्रदिपकुमार ज्ञवाली उदाउनु भयो । त्यसको केहि बर्ष पछि गोकर्णराज बिष्ट पनि केन्द्रिय राजनीतमा चम्कीनु भयो । अहिलेका अन्य तमाम युवा नेताहरु एकसेएक क्षमतावान हुनुहुनुन्छ । हाम्रो पालामा त धेरै पढ्न पाईएन ।
२०२८ सालमा जेल परियो । २०३० साल तिर असाध्धै पिडा दिने गरी प्रहरीको यातानामा परियो । त्यस पछि पनि पटक पटक जेलनेल र याताना भोगेको हो । २०७४ साल पुस ३ गतेका दिनको घटना त सबैलाई थाहै छ । दिगमाको बहखोर भन्ने स्थानको स्कुलमा कांग्रेसका सयौ कार्याकर्ताले घेरा हालेर मलाई लाठी, मुड्की , छुरा तरवारी के केले हानेर म मरी सकेको मान्छे बाँचेको हुँ । खास गरी म संघर्षले नेता भएको हुँ ।
अहिले दुई ठुला पार्टी एक भएकोमा असाध्धै खुशी छौं , यो एकताले छिटो पुर्णता पाओस । यसको सरकारले नै पहिलो बर्ष ब्यवस्थापनमा लाग्यो । अब जनतको अपेक्षा पुरा गर्ने छ , विकासले गति लिने छ ।
प्रतिक्रिया