काठमाडौं / प्रभु बैंकको २१औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आव। २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ व २०७८/७९ को मुनाफाबाट गत आव २०७८/०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र बोनश शेयर र नगद लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको छ ।
प्रतिक्रिया