काठमाडौँ – अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो अख्तियारको अनुसन्धान टोलीकोमा पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले पाठकले घुस लिएको भिडियो अख्तियारको अनुसन्धान टोलीलाई बुझाएका हन् ।
स्रोतका अनुसार अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले नेम्वाङलाई फोन गरेर भिडियो पठाइदिन आग्रह गरेका थिए। ‘पाठकलाई महाभियोग लगाउनका लागि जम्मा गरेको भिडियो सिंहदरबार आएर अख्तियारका अनुसन्धान अधिकृतले लिएर गइसकेका छन्, स्रोतले भन्यो ।
नेपाल इन्जिनियरिङ कलेजलाई प्राइभेट बनाउने गरि मुद्दा मिलाउन पाठकले ७६ लाख घुस लिएका लिए । घुस लिएको भिडियो सार्वजनिक भएलगत्तै पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया