४४ लाख सिँचाइ अनुदान

१ बर्ष अगाडि

काठमाडौँ - कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा २४ कृषि समूहलाई अनुदान प्रदान गरेको छ । 

ज्ञान केन्द्रले आठ पालिकाका पानी अभाव भएका खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गरेको छ । केन्द्रले रु ४४ लाख १५ हजार नौ सय २० अनुदान प्रदान गरेको थियो । उक्त रकमबाट जिल्लामा चार सय ९० मिटर कुलो पक्की बनाइएको छ भने चार मोटर वितरण, नौ सय मिटर पाइप वितरण र चार वटा कुलोको बाँध निर्माण गरिएको ज्ञान केन्द्रका प्रमुख तिवारीले जानकारी दिए। 

उनका अनुसार उक्त परिमाण दिइएको अनुदानले २० हेक्टर क्षेत्रफलमा सिँचाइयुक्त जग्गा बनाउन सकिएको छ । चौबीस समूहलाई रु एक लाख ३३ देखि एक लाख ९२ हजारसम्म अनुदान उपलब्ध गराइएको उनले बताए । कृषिमा लगानी अझै पर्याप्त नभएको कृषकको गुनासो छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया