बाख्रापालनबाट मनग्गे आम्दानी

१ बर्ष अगाडि

बझाङ -  जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्टले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चार÷पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसकेका छन् । 

  उनले विभिन्न व्यवसाय सुरु गरे पनि कतैबाट सोचेजस्तो लाभ भएन । उनले भने, “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चार÷पाँच वटा बाख्रा बेचिन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा “गरे हुन्छ” भन्ने सोच थपिएको उनको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देख्नुभएका भरतबहादुर जङ्गली जनावरबाट भने आजित छन्। उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउछन् । “बाख्रापालनबाट केही घाटा छैन,” उनी भन्छन्, “दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो ९चरिचराउन गर्ने व्यक्ति० भए पुग्छ ।”

    उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पाल्नु भएको  छ । उनी भन्छन्, “मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।” भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गर्छन् । “राज्यले काम गर्नेलाई सहयोग गर्थे,” उनीभन्नछन्, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।”

    पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् ।  वनभोजमा आउनेहरुले पनि उनीसँग खसी बोका किनेर लैजाने गरेको उनी बताउछन् । “यसै वर्षको मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,” उनले बताए। अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आउएका छन् । “मैले बाख्रा पालेको लामो समय भइसक्यो,” उनले भने, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई÷चार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै हुनुहुन्न, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन् । पुँगरमा बस्दै आउनु भएका बलराम विष्ट भन्छन्,“पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।” उनले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आएका छन् । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया