स्वावलम्बन लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस कति प्रतिशत ??

विहीबार, २८ पुस २०७९, ११ : ००

काठमाडौँ - स्वावलम्बन  लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

संस्थाको हिजो पुस २७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८र ७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

विहीबार, २८ पुस २०७९, ११ : ००

प्रतिक्रिया