काठमाडौँ- कारोबारको अन्तिम दिन नेप्से मा आज १ लाख ९० हजार कित्ता सेयर थपिएको छ।
आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्तको कुल १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८ का लागि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश थिए।
सोही १९ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया