मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण

शुक्रबार, २९ पुस २०७९, १७ : ११

काठमाडौँ -  मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा आज मिति २०७९ पौष २९ गते थापागाउँ ब्याङ्केट, नयाँबानेश्वरमा सम्पन्न भएको छ ।  

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८÷०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित भएको छ । 

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले  रु १२.४६ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ  । 

यसका साथै  उक्त्त फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र ब्त्ः सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।
 

शुक्रबार, २९ पुस २०७९, १७ : ११

प्रतिक्रिया