काठमाडौँ- मुक्तिनाथ विकास बैंकको १६ औं वार्षिक साधारणसभाले १४.२१०५ प्रतिशत लाभांश पारित गरेको छ ।
पुस ३० गतेका दिन पोखरामा सम्पन्न साधारणसभाले आ.व.२०७८र०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९र०८० का लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आ.व. ०७८र०७९को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदानगर्ने प्रस्ताव पारित गरेको हो । पारित लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहनेछ भने बाँकी कर प्रयोजनका लागि नगद लाभांश हुनेछ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ।व। २०७८र०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।
प्रतिक्रिया