साधना लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश कति प्रतिशत ?

आइतबार, ०१ माघ २०७९, १५ : ४८

काठमाडौँ - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा हिजो सम्पन्न भएको हो।

सभा होटल गोरखा बिसौनी गोरखा नगरपालिका–६, गोरखामा शनिवार सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले लघुवित्त भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी लाभांश पाउने छन् ।

आइतबार, ०१ माघ २०७९, १५ : ४८

प्रतिक्रिया