धनगढी इन्भेष्टमेन्ट कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

आइतबार, ०१ माघ २०७९, १७ : ०१

काठमाडौँ- सुदूर पश्चिम प्रदेशको धनगढीमा रहेको धनगढी इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ । 

सञ्चालक समिति अध्यक्ष युवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले  नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सोही साधारणसभाले आ.व.२०७८–७९को वार्षिक प्रतिवेदन,लेखा परीक्षण र नयाँ कार्यसमिति पारित गरेको छ । 

१० लाख चुक्ता पूँजी रहेको कम्पनीको हाल १५ लाख रुपैयाँ पुगिसकेको छ भने आगामी बैशाखमा १ करोड चुक्ता पूँजी पुर्याइने कम्पनी अध्यक्ष युवराज भट्टले जानकारी दिए । 
 होटल इमेजमा सम्पन्न धनगढी इन्भेष्टमेन्ट कम्पनी सुदूर पश्चिम प्रदेशमा सेयर बजारमा लगानी गर्ने पहिलो कम्पनी पनि हो । 

काठमाडौँ सुदूर पश्चिम प्रदेशको धनगढीमा रहेको धनगढी इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ । 

प्रतिक्रिया