सिटिजन लाइफले डाक्यो बार्षिक साधारण सभा, कहिले ?

सोमबार, ०२ माघ २०७९, ११ : ३३

 काठमाडौं-  साधारण शेयर (आइपीओ)  निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभा  माघ १५ गते अलोफ्ट काठमाडौँ  ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे हुनेछ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर (आइपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै गत आव २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

सोमबार, ०२ माघ २०७९, ११ : ३३

प्रतिक्रिया