सनराईज क्यापिटल लिमिटेडद्धारा बिषेश छुट योजना

सोमबार, ०२ माघ २०७९, १२ : २५

 काठमाडौँ - सनराईज  क्यापिटल लिमिटेडले विशेष छुट ल्याएको छ । 

नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि. सं. २०४९ माघ १ गतेका दिन एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा एन.आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन. सि. एम. मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आप्mनो मर्चेण्ट बैंकिङ्गकारोवारलाई निरन्तरता दिंदै आईरहेका ेर सनराईज बैंक लिमिटेडले बि.सं. २०७३ माघ २८ मप्राप्ती गरे पश्चात्यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्‍याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ ।

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ ः
. निःशुल्क डिम्याट खाता ३० दिनका लागि
. निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि
. लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
. ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क
. Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
. पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्कCustodial service र Portfolio counseling,
. संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाकोकार्य गर्दै आईरहेको छ ।

तीन दशक लामोकार्यकालको इतिहासमा यस कम्पनीलाई हालको अवस्था सम्म आईपुग्न सहयोग गर्नुहुने सम्पूर्ण आवद्ध संघ–संस्थाहरु, ग्राहकवर्ग तथा नियामक निकाय प्रति यस कम्पनी हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

सोमबार, ०२ माघ २०७९, १२ : २५

प्रतिक्रिया