फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा  ३ जना संचालक निर्वाचित

सोमबार, ०२ माघ २०७९, १४ : १२

काठमाडौं-   फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक निर्वाचित गरेको छ । 

संस्थाको पुष ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको समूहतर्फबाट ३ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

संचालकमा ग्लोबल आइएमई बैंकका तर्फबाट सुरेन्द्रराज रेग्मी, कुमारी बैंकका तर्फबाट गणेश कुमार केसी र आइसीएफसी फाइनान्सको तर्फबाट अमित श्रेष्ठ चयन भएका हुन् ।

सोमबार, ०२ माघ २०७९, १४ : १२

प्रतिक्रिया