५४ लाख ८४ हजार नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

सोमबार, ०२ माघ २०७९, १६ : १४

काठमाडौँ-  नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । 

धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । 

सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खोल्ने व्यक्तिहरूको कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८४ हजार २ सय ७३ जना पुगेको छ । जसमध्ये, ४५ लाख ७२ हजार ५ सय ६८ जना मेरो सेयरमा आवद्ध छन् । 

सोमबार, ०२ माघ २०७९, १६ : १४

प्रतिक्रिया