काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडको संचालकमा दुईजना संचालक निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको पुष ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण समूहतर्फबाट एक–एक जना गरी दुई जना संचालक निर्वाचित भएका हुन् ।
संस्थापक समूहतर्फबाट सुदिप घिमिरे र सर्वसाधारण शेयरधनी समूहतर्फबाट दुर्गा थापा फाइनान्सको संचालक समितिको सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया