काठमाडौं- ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
समायोजनपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबारपछि साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको बचत खाताहरु मिलान गरिएको छ ।
जसमा साविक बीओकेको कुल २१ वटा बचत खाता र ग्लोबल आइएमई बैंकको २१ वटा बचत खाता एकआपसमा मिलान गरी नयाँ बचत खाता बनाइएको छ ।
हाल ग्लोबल आइएमई बैंकले ४२ वटा बचत खाताबाट अब १३ वटा बचत खाता कायम गरेको छ ।
प्रतिक्रिया