बीमा प्राधिकरणद्धारा अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जरलाई सैद्धान्तिक सहमति

मंगलबार, ०३ माघ २०७९, ११ : ३१

काठमाडौँ -  नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्राधिकरणको पुष २९ गतेको पत्रबाट अजोड र युनाइेटलाई एकआपसमा गाभ्न र गाभिन प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

यी दुवै कम्पनीबीच पुष २६ गते राती १२ बजे सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । स्वाप रेसियो भने डीडीएको आधारमा तय हुने दुवै कम्पनीको सहमति रहेको थियो ।

यसअघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जरसम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । तर नाम र स्वाप रेसियोमा कुरा नमिलेको कारण प्रभु् र अजोडको मर्जर भाडिएको थियो ।

मंगलबार, ०३ माघ २०७९, ११ : ३१

प्रतिक्रिया