एनआईसि एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्दै

बुधबार, ०४ माघ २०७९, ०९ : १७

काठमाडौँ / एनआईसि एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । आज बुधबार एक सूचना प्रकाशन गर्दै बैंकको नाममा रहेको अचल सम्पत्ति बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकको नाममा दर्ता रहेको विभिन्न अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गरिने भएको हुँदा यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको र उक्त अचल सम्पत्ति खरीद गरी लिन इच्छुक व्यक्तिहरुले सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सकिने बैंकले जनाएको छ ।

शिलबन्दी बोलपत्र बैंकको कर्जा अशुली विभाग राधाभवन त्रिपुरेश्वर काठमांडौमा कार्यालय समयभित्र प्राप्त भई सक्नु पर्नेछ ।

यस्तो छ बैंकको सूचना :-

63c7532d88546.jpg

बुधबार, ०४ माघ २०७९, ०९ : १७

प्रतिक्रिया