काठमाडौँ - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाइ लाभांश वितरण गर्ने भएको छ ।
बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५.२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने ६ करोड ६३ लाख १० हजार ७१९.१२ रुपैयाँबराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने ४ करोड ४२ लाख ७ हजार १४६.०८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया