लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गर्‍यो लाभांश प्रस्ताव

विहीबार, ०५ माघ २०७९, १० : ३१

काठमाडौँ - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

 हिजो बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

 
 

विहीबार, ०५ माघ २०७९, १० : ३१

प्रतिक्रिया