मुक्तिनाथ विकास बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने

विहीबार, ०५ माघ २०७९, ११ : २७

काठमाडौं-   मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ ।

 बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय काठमाडौं प्लाजा, कमलादी काठमाडौंमा दरखास्त दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलितन नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

विहीबार, ०५ माघ २०७९, ११ : २७

प्रतिक्रिया